जन्ती सवारी जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जन्ती सवारी जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०८३, आईतवार

    सुर्खेत, ५ वैशाख । सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१२ पुथालास्थित भित्री सडकखण्डमा जन्ती सवार जिप दुर्घटना भएको छ । बनगाड कुपिन्डे–८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ विवाहको जन्ती लिएर जाँदै गरेको लुप्र०१००१ज ०२७१ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार मृत्यु हुनेहरूमा कुपिण्डे नगरपालिका–८ का ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती, १९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापाको रहेका छन् । दुर्घटनामा परेर १४ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि सुर्खेतको मेहलकुनास्थित अस्पताल लगिएको । –––