एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०८३, शनिबार

    धनगढी, २६ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले एमालेसँगको सत्ता सहकार्य तत्काल नटुट्ने बताएका छन्। प्रदेशहरुमा एमाले कांग्रेसको समिकरण टुट्नेबारे चर्चा चलिरहेका बेला ‘जरा अभियान’ अन्तर्गत कैलालीको धनगढीमा सभापति थापाले अहिलेको राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाहेक अर्को सरकार बन्ने अवस्था नरहेको बताए।

    उनले एमाले नेतृत्वसँग निरन्तर छलफल भइरहेको उल्लेख गर्दै सरकारको नीति तथा कार्यक्रम तथा बजेटबारे पनि संवाद जारी रहेको बताए। प्रदेश सरकारहरू ठीक ढंगले चल्नुपर्नेमा उनले जोड दिए।

    मधेश प्रदेशमा समेत नेकपासहित छलफल भइरहेको जानकारी उनले दिए। थापाले कांग्रेस कार्यकर्तालाई पराजित मानसिकताबाट बाहिर निस्केर नयाँ जिम्मेवारी र सोचसहित अघि बढ्न आग्रह गरे। पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेता–कार्यकर्तालाई केही समय जिम्मेवारीबाट बाहिर राखिने चेतावनी पनि उनले दिए।

    ‘नेतासँग असन्तुष्टि हुन सक्छ, तर कांग्रेसको टिकट लिएर चुनावमा उठेको उम्मेदवारलाई भोट हाल्दिन भन्न पाइँदैन, ’ उनले भने, ‘त्यस्तो गतिविधिमा संलग्न देखिएकामाथि कारबाही हुन्छ। ’

    उनले यसपटक करिब १० लाख कांग्रेस मतदाताले पार्टीलाई भोट नदिएको दाबी गर्दै कांग्रेस भूमिकाविहीन नभएको स्पष्ट पारे। ‘हामी हा¥यौं भनेर जिम्मेवारीबाट भाग्न मिल्दैन, ’ उनले भने।