रत्नहरी र तउवासंघ दमौली बजार इकाईबीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    रत्नहरी र तउवासंघ दमौली बजार इकाईबीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०८३, सोमबार

    दमौली, २८ वैशाख । व्यास नगरपालिका-४ रत्नहरि मेमोरियल अस्पताल र तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइ समितिबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता गरिएको छ।

    सम्झौताअनुसार तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइ समितिमा आबद्ध सदस्य तथा उनीहरूका परिवारले अस्पतालमा उपचार गर्दा विभिन्न सेवामा छुट पाउने भएका छन्। अस्पतालले उपचार खर्चमा १० प्रतिशत, अप्रेशन खर्चमा २५ प्रतिशत तथा औषधिमा ५ प्रतिशत छुट उपलब्ध गराउने जनाएको छ।

    सम्झौतापत्रमा अस्पतालका तर्फबाट अध्यक्ष तारा प्रसाद श्रेष्ठ तथा व्यवस्थापक लिलबहादुर थापाले हस्ताक्षर गरेका छन् भने उद्योग वाणिज्य संघका तर्फबाट इकाई सभापति शेषराज श्रेष्ठ र उपसभापति नारायण मल्लले हस्ताक्षर गरेका छन्।

    दुवै पक्षबीच भएको उक्त सम्झौताले व्यवसायी तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने विश्वास लिइएको इकाई सचिव सिम्रन चन्दले बताइन् ।