मृतकको टाउको बोकेर प्रहरी कार्यालय पुग्दा…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    मृतकको टाउको बोकेर प्रहरी कार्यालय पुग्दा…

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, शुक्रबार

    धादिङ : धादिङको निलकण्ठ नगरपालिका वडा नं १३ बस्ने ६४ वर्षीय सोम गुरुङको आपसी झगडामा हत्या भएको छ । निलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गएराति २६ वर्षीय राजु परियारले धारिलो हतियार खुर्पाले गुरुङको हत्या गरेका हुन् ।

    हत्यापछि मृतक गुरुङको टाउको र खुर्पा समेत लिएर परियार जिल्ला प्रहरी कार्यालय धादिङमा आत्म समर्पण गरेको प्रहरीले बताएको छ । धादिङमा हत्या गरी मृतकको टाउको र खुर्पा सहित प्रहरी समक्ष आत्म समर्पण गरेको पहिलो घटना हो ।

    गम्भीर खालको घटना भएकोले थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।