‘प्रतिकूल मौसमका कारण मह उत्पादन प्रभावित’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    ‘प्रतिकूल मौसमका कारण मह उत्पादन प्रभावित’

    खबरपुञ्ज संवाददाता

    ७ जेष्ठ २०८३, शुक्रबार

    दमौली, ८ जेठ । शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा प्रतिकूल मौसमका कारण मह उत्पादन प्रभावित भएको छ। मौरीपालक सुरज वाग्लेले यस वर्ष प्रतिकूल मौसमका कारण मह उत्पादन प्रभावित भएको बताएका छन् ।

    वाग्लेले जेठ महिनामा करिब ३०० किलो मह उत्पादन हुने अपेक्षा गरिए पनि मौसमको असरले उत्पादन घट्ने अवस्था आएको बताए ।

    उनका अनुसार फागुन र चैत महिनामा लागेको बाक्लो कुहिरोका कारण मौरीले पर्याप्त खाद्य संकलन गर्न सकेनन् । त्यसपछि वैशाखभर लगातार वर्षा हुँदा मौरी नियमित रूपमा सक्रिय हुन नसकेको उनले बताएका छन् ।

    “पोहोर–परार यही समयमा मह निकालिएको थियो । तर यसपालि मौसम प्रतिकूल भएकाले जेठको अन्तिमसम्म करिब १०० किलो हाराहारी मात्र उत्पादन हुन सक्ने आशा गरेका छौं,” उनले भने ।

    दैनिक रूपमा धेरै ग्राहकले महबारे चासो राखिरहेको उल्लेख गर्दै वाग्लेले आफूले उत्पादन गरेको मह उपलब्ध हुनेबित्तिकै ग्राहकलाई जानकारी गराउने बताएका छन् । साथै, प्राकृतिक अवस्थाअनुसार नै मौरीपालन व्यवसाय सञ्चालन गर्नुपर्ने भएकाले परिस्थिति बुझिदिन उनले आग्रह गरेका छन् ।