गण्डकी प्रदेशमा थप ४३ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा थप ४३ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, शुक्रबार

    पाेखरा : गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिउँसो सार्वजनिक गरेको विज्ञप्ती (दोस्र्रो) अनुसार मनाङ, कास्की, स्याङ्जा, गोरखा र नवलपुरमा ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    मनाङमा एक, कास्कीमा एक, स्याङ्जामा एक, गोरखामा १६ र नवलपुरमा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । मनाङ चामेका एक जना नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ । गोरखा जिल्ला अजिरकोटका सङ्क्रमित भारतबाट आउनुभएको हो । अन्य सबै व्यक्ति कन्ट्याक्ट ट्रेसिङबाट पहिचान हुनुभएको हो ।

    मनाङको चामेका २४, कास्कीको पोखरा महानगरपालिका वडा नं ५ का ३२, स्याङ्जाको भीरकोट नगरपालिकाका २० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै गोरखा नगरपािलका वडा नं १३ का ३३, ५०, २०, १२, ८, ३, ५०, २९ र ३० वर्षीया महिला, सोही वडाका ६०, २८, २६, ४२, २६, ४५ वर्षीय पुरुष, अजिरकोट गाउँपालिकाका २४ वर्षीय पुरुष, नवलपुरको गैडाकोट नगरपालिकाका ३ वर्षीया बालिका, कावासोती नगरपालिका वडा नं १६ का ११, ३०, २७ वर्षीया महिला, ४३, ३८ वर्षीय पुरुष, वडा नं २ का ७५ वर्षीय पुरुष, वडा नं ३ का ३०, २८ वर्षीय पुरुष, ३३ वर्षीया महिला, देवचुली नगरपालिका वडा नं १५ का २०, २२ वर्षीया महिला, वडा नं १ का ३८ वर्षीया महिला, ६४ वर्षीय पुरुष, वडा नं १० का ७४, ५० वर्षीय पुरुष, ६७ वर्षीया महिला, वडा नं २ का ६५ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    कावासोती नगरपालिका वडा नं ३ का ४७ वर्षीय पुरुष, वडा नं १७ का ५१ वर्षीय पुरुष, गैडाकोट नगरपालिका वडा नं ४ का २५ वर्षीया महिला, वडा न ९ का ६२ वर्षीया महिला, विनयत्रिवेणी गाउँपालिका वडा नं १ का २६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ३ सय ९७ पुगेको छ । शुक्रबार बिहान मात्रै तनहुँमा दुई, कास्कीमा १६, लमजुङमा तीन, स्याङ्जामा एक, बागलुङमा एक र नवलपुरमा १७ जनामा कोरोना सङ्क्रमण भएको थियो ।