


दमाैली १५ जेठ । गणतन्त्र दिवसको अवसरमा शुक्रबार व्यास नगरपालिका–३ स्थित प्रशासन चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।
जेसीआई व्यास नगरको समन्वयमा आयोजित कार्यक्रममा गणतन्त्र स्थापनाका लागि भएका ऐतिहासिक आन्दोलन र लोकतान्त्रिक उपलब्धिको स्मरण गर्दै दीप प्रज्वलन गरिएको हो।
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँ का प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायत जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिकाे सहभागिता थियाे ।
दीप प्रज्वलनमार्फत गणतन्त्र स्थापना, लोकतन्त्र, नागरिक अधिकार तथा समावेशी शासन व्यवस्थाको महत्वलाई स्मरण गरिएको सहभागीहरूले बताएका छन्।
जेसीआइ व्यास नगरका अध्यक्ष अजर नागिलाले स्वागत मन्तव्य व्यक्त गर्दै गणतन्त्र दिवस नेपाली जनताको ऐतिहासिक उपलब्धिको प्रतीक भएको बताए।