


दमौली,१६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित तनहुँमा नयाँ जिम्मेवारी तोकेको छ।
पार्टीका केन्द्रीय सदस्य केदार सिग्देललाई तनहुँ जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ। पार्टीको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जिल्लामा पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सिग्देललाई उक्त जिम्मेवारी दिइएको जनाइएको छ।
त्यसैगरी, एमाले केन्द्रीय सदस्य भगवती न्यौपानेलाई ‘मिसन पार्टी जागरण’ अभियान अन्तर्गत तनहुँ जिल्लाको जिम्मेवारी प्रदान गरिएको छ। पार्टीको वैचारिक सुदृढीकरण, संगठनात्मक सक्रियता वृद्धि तथा जनस्तरसम्म पार्टीका नीति, कार्यक्रम र अभियान पुर्याउने लक्ष्यसहित न्यौपानेलाई उक्त जिम्मेवारी दिइएको हो।