मुक्तिनाथ मन्दिरमा चार दिनमा ५० हजार भक्तजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मुक्तिनाथ मन्दिरमा चार दिनमा ५० हजार भक्तजन

    खबरपुञ्ज संवाददाता

    १७ जेष्ठ २०८३, सोमबार

    मुस्ताङ, १८ जेठ । मुस्ताङकाे प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पछिल्ला चार दिनमा करिब ५० हजारले दर्शन गरेका छन् ।

    विगतमा औसत दैनिक तीनदेखि चार हजार भक्तजन उपस्थिति हुने मन्दिरमा बिहीबारदेखि आइतबारसम्म करिब ५० हजारले दर्शन गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

    बिहीबारदेखि आइतबारसम्म सार्वजनिक बिदा परेको तथा भारतमा अत्यधिक गर्मी हुँदा भारतीय पर्यटकको मुस्ताङ आएको उनकाे भनाइ छ ।

    मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले मुक्तिनाथ दर्शन गर्न आएका दर्शनार्थी पर्यटकमध्ये ७० प्रतिशत भारतीय रहेको जानकारी दिए । पर्यटकको सङ्ख्या बढेसँगै म्याग्दीको बेनीदेखि मुक्तिनाथसम्म होटल भरिभराउ भएका छन् ।