चितवनमा थपिए २८ कोरोना संक्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    चितवनमा थपिए २८ कोरोना संक्रमित

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०७७, शनिबार

    चितवन : चितवनका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशाला । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २८ सहित ३६ जनामा संक्रमण देखिएको हो।

    कोरोना पुष्टि हुनेहरू १० देखि ७३ वर्षसम्मका छन्। भरतपुर अस्पतालको प्रयोगशालामा भरतपुर महानगरका ४ पुरुष र ३ महिलामा कोरोना पोजेटिभ देखिएको छ। नवलपुरको गैंडाकोट र रुपन्देहीका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

    चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका १९ जना, रत्ननगर र राप्ती नगरपालिकाका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।