


दमौली, १३ असार । व्यास नगरपालिका-१ स्थित भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आठौं अधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ।
निर्वाचन समिति संयोजक केशव भट्टराईद्वारा जारी सूचनाअनुसार शनिबार बसेको निर्वाचन समितिको बैठकले उक्त निर्णय गरेको हो।
यसअघि संस्थामा आबद्ध मतदाता प्रतिनिधिहरूको तर्फबाट सर्वदलीय समन्वय संयन्त्रले सहमतिको प्रयास जारी रहेकाले थप समय उपलब्ध गराइदिन आग्रह गरेको थियो। सोही आग्रहलाई मध्यनजर गर्दै शुक्रबार मनोनयन दर्ता कार्यक्रम आज बिहान ८:३० बजेसम्मका लागि स्थगित गरिएको थियो।
तर, विशेष कारणवश अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन कार्यतालिकाअनुसार बाँकी सम्पूर्ण निर्वाचन कार्यक्रम यथास्थितिमा रहने गरी स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।