


दमाैली १४ असार । लियो क्लब अफ तनहुँ सत्यवतीको लायन वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। क्लबको वार्षिक साधारणसभा तथा पद हस्तान्तरण कार्यक्रमका बीच रिसु थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो।
क्लबकी अध्यक्ष सरस्वती गोतामेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ तनहुँ सत्यवतीकी पूर्वअध्यक्ष तथा लायन्स डिष्ट्रिक्ट ३२५ नेपालकी डब्लुएफसी विमला श्रेष्ठ प्रमुख अतिथि थिइन् ।
कार्यक्रममा लायन वर्ष २०२५/२६ मा क्लबका गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्ने सदस्यहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो। साथै नयाँ कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्दै ‘म्याइन्युट ह्यान्डओभर’ कार्यक्रम सम्पन्न गरिएको थियो।
नवगठित कार्यसमितिअन्तर्गत अध्यक्षमा रिसु थापा चयन भएकी छन् । प्रथम उपाध्यक्षमा समीक्षा नेपाली, द्वितीय उपाध्यक्षमा स्मारिका श्रेष्ठ तथा तृतीय उपाध्यक्षमा सोनिया श्रेष्ठ चयन भएकी छन् । सचिवको जिम्मेवारी विमला घिमिरेले पाएकी छन् भने सह–सचिवमा सोनिषा थापा चयन भएकाे क्लवले जनाएकाे छ ।
त्यसैगरी कोषाध्यक्षमा रञ्जु थापा, सह–कोषाध्यक्षमा निर्जला सुनार, स्वास्थ्य संयोजकमा लियो लक्ष्मी चौधरी तथा क्लब सल्लाहकारमा लायन गीता श्रेष्ठ चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष रिसु थापाले क्लबका सदस्यहरूको विश्वासलाई सम्मान गर्दै सामाजिक सेवा, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा युवा सशक्तीकरणका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।