


दमौली, १९ असार । व्यास नगरपालिका-१ स्थित भादगाउँ खानेपानी संस्थाको अध्यक्षमा सन्त तामाङ निर्वाचित भएका छन् ।
शुक्रबार भएको मतदानबाट १७८ मत प्राप्त गरी तामाङ निर्वाचित भएका छन् । प्रतिस्पर्धी रामकुमार गोशलीले ५९ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा तीन सय ५ मतमध्ये दुई सय ३९ मत खसेको थियो ।
पदाधिकारी र सदस्य पदमा भने निर्विरोध भएको छ । उपाध्यक्षमा राजेश्वर हड्खले, सचिवमा विष्णुबहादुर बस्नेत, कोषाध्यक्षमा सहवीर उच्चै, सहसचिवमा शान्ता खवास निर्विरोध निर्वाचित भएकै छन् ।
यस्तै सदस्यहरुमा सुरेन्द्र दरै, चन्द्रीदेवी तिवारी श्रेष्ठ, दिपा आचार्य, अप्सरा रानाभाट, श्रीभद्र कंडेल, सञ्जय गुरुङ, गंगाप्रसाद पोख्रेल र सोमनाथ पौडेल निर्वाचित भएका छन् ।