तनहुँका तीन स्थानमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालको जनभेटघाट तथा अन्तरक्रिया
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका तीन स्थानमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालको जनभेटघाट तथा अन्तरक्रिया

    खबरपुञ्ज संवाददाता

    २० असार २०८३, आईतवार

    दमौली, २१ असार । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले आइतबार तनहुँ जिल्लाको दुलेगौँडा, दमौली र आँबुखैरेनीमा रास्वपा नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन् ।

    त्यसक्रममा मन्त्री लम्सालले स्थानीयका समस्या, सुझाव र अपेक्षालाई प्रत्यक्ष रूपमा सुनेका थिए । विकास निर्माणका योजनालाई जनताको आवश्यकता र चाहनाअनुसार प्रभावकारी रूपमा अघि बढाउने विषयमा सहभागीहरूसँग सार्थक छलफल भएको बताइएको छ।

    उनले जनविश्वासलाई थप मजबुत बनाउँदै समृद्ध तनहुँ र समृद्ध नेपालको निर्माणमा सबै पक्षको साथ, सहयोग र सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे ।

    रास्वपा तनहुँका सचिव अनिल श्रेष्ठले भेटघाट कार्यक्रम सफल बनाउन आवश्यक समय मिलाइदिने तथा समन्वयकारी भूमिका निर्वाह गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश सभापति नविन त्रिपाठीप्रति आभार व्यक्त गरेका छन् ।