


काठमाडाै ३० असार । तनहुँ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले देशको विकासलाई प्रभावकारी बनाउन वार्षिक विकास खर्च कम्तीमा ९० प्रतिशत पुग्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले देशमा गुणस्तरीय विकास निर्माण र सुशासनको आवश्यकता औंल्याए।
उनले विकास निर्माणका काम समयमै सम्पन्न हुन नसक्दा विकास बजेट खर्च हुन नसकेको उल्लेख गर्दै गुणस्तरीय र समयमै आयोजना सम्पन्न गर्ने प्रणाली विकास गर्नुपर्ने बताए।
सांसद न्यौपानेले देश विकासका लागि वार्षिक विकास खर्च कम्तीमा ९० प्रतिशत हुनुपर्ने धारणा राख्दै त्यसका लागि सार्वजनिक निकायमा ३२० कार्यदिनको कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे।
उनले कार्यदिन बढाएर विकास निर्माणका कामलाई तीव्रता दिन सके बजेट कार्यान्वयन प्रभावकारी हुने, आयोजना समयमै सम्पन्न हुने र मुलुकको समग्र विकासले गति लिने विश्वास व्यक्त गरे।