पहिरोमा पुरिएर लमजुङमा बाबुछोरीको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पहिरोमा पुरिएर लमजुङमा बाबुछोरीको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०८३, मंगलवार

    लमजुङ, १२ साउन । पहिरोमा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र छोरीको मृत्यु भएको छ ।

    आज बिहान गएको पहिरोले घर भत्काउँदा पुरिएर मध्यनेपाल –७ भाटवेशीएकाघरका ५९ वर्षीय टिकबहादुर विक र उनकी कान्छी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, भोर्लेटारका प्रहरी निरीक्षक ध्रुजप्रसाद शर्माले जानकारी दिए ।

    घरमाथि रहेको नगरकुलो भत्केपछि पहिरो खसी धन्सारसहितको दुईतले कच्ची घरमा क्षति पु¥याएको उनको भनाइ छ ।

    घटनामा विककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएको र उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । विक परिवार स्थानीय विष्णुदत्त सुवेदीको घरमा बसोबास गर्दै आएको थियो ।