काठमाडाै/जलस्राेत तथा सिचाइ विकास डिभिजन कार्यालय कलैयाका सव इन्जिनियर गजेन्द्रप्रसाद जैसवाल घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटाैडाबाट खटिएकाे टाेलीले जैसवाललाई आइतबार पक्राउ गरेकाे हाे ।
नदी तटबन्धनकाे जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरििदए बापत सेवाग्राहीसँग घुस माग गरिरहेकाे भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा जैसवाललाई पक्राउ गरिएकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयाे । जैसवालले रु ८० हजार घुस रकम लिइँ सँगै रहेका चन्दन जैसवाललाई दिई भाग्न खाेज्दा दुवै जनालाई पक्राउ गरिएकाे अधिकारीले बताउनुभयाे । पक्राउ परेकाद्वय विरुद्ध अनुसन्धान भइरहेकाे छ ।