गण्डकीमा थपिए १२ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा थपिए १२ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०७७, सोमबार

    पाेखरा/गण्डकी प्रदेशका विभिन्न जिल्लामा सोमबार १२ जना कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार तनहुँ, स्याङ्जा, लमजुङ र कास्कीका १२ जनामा कोरोना पुष्टि भएको हो ।
    कोरोना पुष्टि हुनेमध्ये १० जना पुरुष र दुई जना महिला रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका ४१, भानु नगरपालिकाका ४०, स्याङ्जाको गल्याङ नगरपालिकाका ३२, लमजुङको सुन्दरबजार नगरपालिकाका ३३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
    कास्कीको पोखरा महानगरपालिकाका ३४, ३६, ३२, ६३, २१, ४० वर्षीय पुरुष र ६० र ३४ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । सबैलाई आइसोलेशन कक्षमा लैजाने तयारी गरिएको डा. शर्माले बताउनुभयो ।
    आज थपिएकासमेत गरी गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय १७ पुगेको छ भने क्वारेन्टिनमा १ हजार ८ सय २४ जना छन् ।