पहिराले आठ घर विस्थापित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    पहिराले आठ घर विस्थापित

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०७७, सोमबार

    तनहुँ/गत आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको पहिराले तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शान्तिनगरका आठ घर विस्थापित भएका छन् । सेती नदीतर्फको भिरमा पहिरो खसेपछि यहाँ बसोबास गर्दै आएका आठ घर विस्थापित भएका हुन् ।

    पहिराले रुद्रबहादुर महत, प्रेमबहादुर महत, चित्रबहादुर गुरुङ, स्यानीमाया थापा, लेनी विक, प्याउली तामाङ, यामबहादुर थापा र यामबहादुर नेपालीको घर उच्च जोखिममा भएपछि विस्थापित भएको वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले बताए । साथै पहिराले यहाँका १३ घर जोखिममा छन् ।

    “असार अन्तिम साता आएको भीषण वर्षाले थोरै पहिरा खसेको थियो । अहिले फेरि त्यहाँ पहिरो खसेपछि बस्न जोखिम भयो,” वडाध्यक्ष थापाले भन्नुभयो, “विस्थापितलाई सुरक्षित स्थानमा सारिएको छ ।” उहाँका अनुसार तीन घरलाई शुक्ला आधारभूत विद्यालयमा राखिएको छ भने तीन घरपरिवारले आफन्तकामा आश्रय लिएका छन् । यस्तै छिमेकी र मगर समाजको भवनमा एक÷एक परिवारले आश्रय लिएका छन् । जोखिममा रहेका १३ घर पनि लगातार वर्षा भईरहेको सार्नुपर्ने वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।