जग्गाकाे विषयमा विवाद हुँदा…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    जग्गाकाे विषयमा विवाद हुँदा…

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०७७, सोमबार

    तनहुँ/जग्गाकाे विषयमा विवाद भएर झगडाकाे रुप लिएपछि तनहुँकाे म्याग्दे गाउँपालिका-४ थर्पुमा साेमबार दुई जना घाइते भएका छन् । स्थानीय ६७ वर्षीय माेतीकुमार मल्लले जग्गाकाे विषयलाई लिएर साेही ठाउँ बस्ने ५८ वर्षीय भक्तबहादुर श्रेष्ठ र निजकी छाेरी १८ वर्षीया श्रुती श्रेष्ठलाई कुटपिट गरी घाइते बनाएका हुन् ।

    घाइतेद्वयकाे दमाैलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । कुटपिटमा संलग्न मल्ललाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।