अष्ट्रेलियामा नेपालीले खाेलेकाे कलेजमा आकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    अष्ट्रेलियामा नेपालीले खाेलेकाे कलेजमा आकर्षण

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०७७, सोमबार
    तनहुँ/ तनहुँ घर भई हाल अष्ट्रेलियामा रहनुभएका सागर लाेहनीले स्थापना गर्नुभएकाे प्राविधिक कलेज ‘इन्टरनेशनल इन्स्टिच्युट अफ एजुकेशन’ मा विद्यार्थीकाे आकर्षण बढेकाे छ । काम र पढाईबीच सामन्जस्य नहुँदा समस्या भाेगिरहेकाे यथार्थलाई मनन गर्दै लाेहनीले स्थापना गर्नुभएकाे कलेजले पढाई अनुसारकाे कामकाे सुनिश्चितताका लागि सहयाेग पुग्ने भएपछि कलेजमा विद्यार्थीकाे आकर्षण बढेकाे हाे ।
    कलेजमा चाइल्ड केयर, इन्फर्मेसन टेक्नोलोजी, अकाउन्टिङ, व्यवस्थापन र टेलिकम्युनिकेशन इन्जिनियरिङ लगायतका कोर्समा पढाई हुने संस्थापक लोहनीले जानकारी दिनुभयाे । ”प्राबिधिक र व्यावसायिक सीप सम्बन्धि कोर्स भएकाले कलेजको पढाइ जुनसुकै देशमा अवसरमुलक हुन्छ” उहाँले भन्नुभयाे । प्राविधिक र व्यावसायिक सीप भएका व्यक्तिलाई सहज हुने हुँदा कलेजमा विद्यार्थीकाे आकर्षण रहेकाे लाेहनीकाे भनाई छ ।

    सन् २००८ मा उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जानुभएका लोहनीले अष्ट्रेलियाको सिक्युयु युनिभर्सिटीबाट अनुसन्धानमा स्नातकोत्तर गर्नुभएकाे छ । लोहनी चार्ल्स डार्विन युनिभर्सिटीमा हाल कानूनमा स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ । कलेज सम्बन्धी विस्तृत विवरण www.iie.edu.au मा हेर्न सकिन्छ।