पहिरो पीडितलाई युवा सङ्घको राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पहिरो पीडितलाई युवा सङ्घको राहत

    विवि श्रेष्ठ

    ५ श्रावण २०७७, मंगलवार

    तनहुँ/युवा सङ्घ नेपाल तनहुँले ऋषिङ गाउँपालिका–८ भैसिकिलेका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । पहिरोले पुरिएर घाइते भई हाल पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार गराइरहनुभएका ज्योतिमाया थापालाई सङ्घले रु पाँच हजार सहयोग गरेको हो ।

    पहिरोले पुरिएर ज्योतिमायाका दुई छोरा बुहारी र एक नातिनी गरी पाँच जनाको निधन भएको थियो । घाइतेको उपचारका लागि केही सहयोग होस् भन्ने उद्देश्य सहित आर्थिक सहयोग गरिएको युवा सङ्घ तनहुँका संयोजक इश्वर बस्यालले बताउनुभयो । प्राकृतिक विपत्तिले देश नै आक्रान्त भइरहेको सन्र्दभमा तनहुँमा पनि बाढी पहिरोले प्रभाव पारेकाले पहिरो पीडितलाई सहयोग गर्नु सबैको कर्तव्य भएको बस्यालको भनाई छ । उहाँले भन्नुभयो, “विपत्तिको यो अवस्थामा आर्थिक सहयोग भन्दा पनि भावनात्मक सहयोग ठूलो हो ।” सो क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य मदन आले, युवा सङ्घका जिल्ला सदस्य अनिल तिवारी लगायत सहभागी हुनुहुन्थ्यो ।