चितवन/पहिराे हटाएर राजमार्ग सुचारु भएकाे केही छिनमै नारायणगढ-मुग्लिन सडकखण्ड पुन: अवरुद्ध भएकाे छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएकाे हाे ।
डिभिजन सडक कार्यालय भरतपुरका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो । ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । राति करिब ८ः४५ बजे पहिरो खसेको हो । चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर दिउँसो ४ः३० बजे एकतर्फी खुलाइएको थियो । पहिराे हटाएर राजमार्ग खुलाउने काम भइरहेकाे छ ।