साम्राज्ञी विरुद्ध मुद्धा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    साम्राज्ञी विरुद्ध मुद्धा

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०७७, शुक्रबार

    काठमाडाै/अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्‍मी शाहविरुद्ध मुद्दा दर्ता गराउनुभएकाे छ । केसीले शुक्रवार शाहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयाे। ‘मुद्दा दर्ता भएको छ। अब कारवाही प्रक्रिया अगाडि बढ्छ,’ उहाँले भन्नुभयाे ।

    यता सामाग्रीकी आमा नेहा राज्यलक्ष्मी शाहले भने आफूहरुलाई मुद्दाबारे कुनै औपचारिक जानकारी नआएको बताउनुभयाे । अभिनेता केसीले यसअघि चलचित्र कलाकार संघमा सामाज्ञ्रीले आफूमाथि झुटो आरोप लगाएको भन्दै छानविन गरिदिन उजुरी दिनुभएकाे थियाे ।