नारायणगढ-मुग्लिनमा सवारी चलाए पैसा तिर्नपर्ने !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    नारायणगढ-मुग्लिनमा सवारी चलाए पैसा तिर्नपर्ने !

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०७७, बिहीबार

    काठमाडौ । नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत दस्तुर तिर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले नारायणगण–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत २ प्रकारको शुल्क लिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनुभयो ।

    ‘नियमित मर्मत सम्भार गर्न स्रोतको अभाव नहोस् भन्नको लागि सडक मर्मतसम्भार दस्तुर लिने चलन भएकोले नारायण–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत हलुका सवारी साधनको लागि प्रतिटिप २५ रुपैयाँ र भारी सवारी साधनको लागि ५५ रुपैयाँ सडक उपभोग दस्तुर संकलन गर्न स्वीकृति दिने निर्णय भएको छ,’ उहॉले भन्नुभयो ।