खै मास्क ? कारवाहीमा पर्नुहाेला ! (रिपाेर्ट सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खै मास्क ? कारवाहीमा पर्नुहाेला ! (रिपाेर्ट सहित)

    विनाेद ढुङ्गाना

    १६ श्रावण २०७७, शुक्रबार


    मास्क लगाउने घटे, प्रशासनको कडाई

    तनहुँ । कोराना भाईरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरणका लागि चैत ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) लागु भएपछि सबैले सावधानी अपनाए । जोखिम भएपछि केही हप्तासम्म त सर्वसाधारण घरबाट बाहिर निस्कन पनि डराएको अवस्था थियो । अति आवश्यक काम परेर घरबाहिर निस्किनुपरेमा मास्क लगाउने, सेनीटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, सामाजिक तथा भौतिक दूरी कायम गरे ।

    जब लकडाउन खुकुलो हँुदै गयो त्यसपछि सर्वसाधारणले सुरक्षाका उपाय अपनाउन छाडेका छन् । साउन ६ गते मध्यरातिदेखि सरकारले लकडाउनको अन्त्य भएको घोषण ग¥यो । त्यसपछि जताततै भिडभाड बढेको छ । सयौ जना भेला भएर कार्यक्रम समेत गर्न थालिएको छ ।

    अधिकांश सर्वसाधारणले मास्क र सेनीटाईजरको प्रयोग नै गर्न छाडेका छन् । सामाजिक तथा भौतिक दूरी कायम हुनै छाडेको छ । कोरोना भाईरसको सङ्क्रमण शुन्य भएको अवस्थामा जस्तै सर्वसाधारण वेप्रवाह हिँडडुल गरिरहेका छन् । यसरी नै लापरवाही गर्दै जाने हो भने सङ्क्रमण फैलने जोखिम झनै बढेको सरोकारवाला बताउँछन् ।

    शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तव पुरानै शैली अपनाएर हिँडडुल गर्दा भयावह स्थिति सिर्जना हुन सक्ने बताउनुहुन्छ । “मास्क लगाएर हिँड्यौ भने कम्तीमा बोल्दा, हाछ्युँ गर्दा प्रत्यक्ष सम्पर्क भएर हुने सङ्क्रमणबाट जोगाउँछ,” उहाँले भन्नुभयो, “केही हदसम्म सुरक्षित गराउँछ ।”

    एक कार्यक्रममा मास्क नलगाइकन बसेका सहभागी ।

    मास्क प्रयोग नगर्ने, सेनिटाईजेसन नगर्ने र कोरोना सङ्क्रमण फैलनुपूर्वको जस्तै जीवनशैली अपनाउँदा स्वास्थ्यप्रति गम्भीर लापरवाही भईरहेको उहाँको भनाई छ । “को मान्छे कोरोना सङ्क्रमित हो परीक्षण नगरुन्जेल पत्तो हुँदैन, त्यसैले मास्कको प्रयोग ग¥र्यौ भने आफू पनि सुरक्षित भईन्छ । अरुलाई पनि सुरक्षित बनाउन सहयोग पुग्छ ।” सामाजिक तथा भौतिक दूरीमा पनि ख्याल गर्न उहाँको सुझाव छ ।

    तनहुँमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा सर्वसाधारणलाई मास्क वितरण गरेर यसको प्रयोगमा पनि जोड थियो । तर, सर्वसाधरणले वेवास्ता गरेका छन् । आफ्नो स्वास्थ्यको ख्याल नगरी सर्वसाधारण सामान्य अवस्थामा जस्तै हिँडडुल गरिरहेको देखिन्छ ।

    यस समाचार सम्बन्धी रिपाेर्ट सुन्नुहाेस्

    जिल्लावासीलाई कोरोनाबाट सुरक्षित रहन जनचेतना जगाईरहेको प्रमुख जिल्ला अधिकारी सागार आचार्यले बताउनुभयो । उहाँका अनुसार सुरक्षाको उपाय अपनाउन माईकिङ गर्ने, सर्वसाधारणलाई मास्क वितरण गर्ने र सञ्चार माध्यमबाट जनचेतनामूलक सन्देश प्रसारण गर्ने गरिएको छ । तैपनि सर्वसाधारणमा चेतना भरिएको छैन । अरुको लागि भन्दा पनि आफ्नो सुरक्षाको लागि भएकाले मास्कको प्रयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । सङ्क्रमण फैलिएको बेलामा सर्वसाधारणले पनि सरकारलाई सघाउनुपर्ने उहाँको भनाई छ ।

    प्रहरीले पनि मास्क नलगाउनेलाई कारबाही गर्न थालेको छ । बुधबार जिल्ला प्रहरी कार्यालयले एक सय र बिहीबार ७२ जनालाई कारबाही ग¥यो । उनीहरुलाई एक सय रुपैयाँ जरिवाना र कोरोनाबाट जोगिन सचेत गराएको कार्यालयले जनाएको छ । सर्वसाधारणलाई मास्क लगाउने लगायत स्वास्थ्य सुरक्षाका उपाय अपनाउन सचेत गराईरहेको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले बताउनुभयो ।

    “अब अटेरी गर्नेलाई कारबाहीको प्रकृयामा जान्छौँ । जरिवाना गर्छौ,” उहाँले भन्नुभयो, “सर्वसाधरण र सामाजिक स्वास्थयसँग जोडिएको विषय भएकाले सङ्क्रामक रोग ऐन २०२० अनुसार जरिवाना गर्छौ ।” तनहुँ जिल्ला कोरोनाको जोखिममा रहेकाले सावधानी अपनाउन उहाँको अनुरोध छ ।
    छिमेकी जिल्ला स्याङजा र कास्कीमा क्वारेन्टिनभन्दा बाहिर समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा सङ्क्रमणको पुष्टि भएको छ । यसबाट तनहुँमा पनि जोखिम बढेको छ ।

    कोरोना भाईरसलाई समान्य ठानेर स्वास्थ्य सुरक्षा नअपनाउँदा झनै जोखिम बढेको छ । लकडाउन खुलेको मात्र हो । न त कोरोना निर्मुल पार्ने भ्याक्सिन बनेको छ, न सङ्क्रमणदर शुन्यमा झरेको अवस्था । रोग लाग्नुभन्दा लाग्नै नदिनु उचित हुन्छ । त्यसैले स्वास्थ्यप्रति सचेत बनौँ । मास्क, सेनिटाइजर, साबुनपानी जस्ता स्वास्थ्य सामग्रीको प्रयोग गरौँ । सामाजिक दूरीको पनि ख्याल गरौँ । आफू पनि सुरक्षित रहौैं अरुलाई पनि सुरक्षित राखौँ ।