पहिराे पीडितलाई लायन्सकाे सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पहिराे पीडितलाई लायन्सकाे सहयाेग

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०७७, शुक्रबार

    तनहुँ । लायन्स क्लव इन्टरनेशनल ३२५ वि १ नेपाल डिष्ट्रिक अन्तरगतकाे क्लष्टर १४ र लायन्स क्लव अफ काठमाडाै स्वयम्भु टाउनले तनहुँकाे भानु नगरपालिका र व्यास नगरपालिकाका पहिराे पीडितलाई सहयाेग गरेकाे छ । क्लवले भानु नगरपालिका-९ सिमलगैह्रा र व्यास नगरपालिका-९ माझफाँटका पहिराे पीडितलाई रु एक लाख १५ हजार नगद र लत्ताकपडा सहितका सामग्री सहयाेग गरेकाे हाे ।

    सिमलगैह्राका पहिराे पीडितलाई रु ४५ हजार र माझफाँटका पहिराे पीडितलाई रु ७० हजार उपलब्ध गराइएकाे क्लष्टर १४ का प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिनुभयाे । उक्त रकम क्लवले भानु नगरपालिका-९ का वडाध्यक्ष निलमसञ्जिवा श्रेष्ठ र व्यास नगरपालिका-९ का वडाध्यक्ष सुरेश थापालाई शुक्रबार हस्तान्तरण गरेकाे छ। पहिराेले पुरिएर सिमलगैह्रामा एकै परिवारका दुई र माँझफाँटमा एकै परिवारका तीन जनाले ज्यान गुमाएका थिए । माझफाँटमा एक जना पहिराेले पुरिएर अझै बेपत्ता छन् ।

    पहिराे पीडितलाई सहयाेग गर्न लायन्स क्लव इन्टरनेशनल ३२५ वि १ नेपाल डिष्ट्रिकले रु ५० हजार र लायन्स क्लव अफ काठमाडाै स्वयम्भु टाउनले रु एक लाख ३० हजार सहयाेग गरेकाे छ । क्लवले म्याग्दे र भीमादका पहिराे पीडितलाई पनि आर्थिक सहयाेग गर्ने जनाएकाे छ ।