८९ प्रतिशत कोरोना सङ्क्रमित निको भए (कहाँका कति ?)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ८९ प्रतिशत कोरोना सङ्क्रमित निको भए (कहाँका कति ?)

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०७७, सोमबार

    तनहुँ । तनहुँमा कोरोना सङ्क्रमित भएकामध्ये ८९ प्रतिशत निको भएर घर गएका छन् । आइतबारसम्म १ सय ६४ कोरोना सङ्क्रमित निको भएर घर गएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

    जिल्लामा १ सय ६५ पुरुष र १८ महिलामा कोरोना सङ्क्रमण भएको थियो ।
    कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार व्यास नगरपालिकास्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशनबाट ५०, दमौली अस्पतालबाट १३, शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रबाट ६५, भीमाद नगरपालिकास्थित सिटिइभिटीबाट १३, बन्दीपुर अस्पतालबाट २० जना कोरोना सङ्क्रमित निको भएका छन् ।

    आँबुखैरेनी गाउँपालिकाका एक जना घरबाट, एक जना पोखरास्थित अस्पतालबाट र देवघाट गाउँपालिकाका एक जना नवलपुरको आइसोलेशनबाट निको भएको अधिकारीले बताउनुभयो ।
    जिल्लाको भानु नगरपालिकाका ११ पुरुष, व्यास नगरपालिकाका ५ महिला र २३ पुरुष गरी २८, शुक्लागण्डकी नगरपालिकाका २ महिला र ११ पुरुष गरी १३, भीमाद नगरपालिकाका १३ पुरुष, म्याग्दे गाउँपालिकाका २ महिला र ११ पुरुष गरी १३, घिरिङ गाउँपालिकाका ३ महिला र २५ पुरुष गरी २८, ऋषिङ गाउँपालिकाका ४६, देवघाट गाउँपालिकाका एक पुरुष, बन्दीपुर गाउँपालिकाका ५ महिला र १८ पुरुष गरी २३, आँबुखैरेनी गाउँपालिकाका ६ पुरुष र जिपी कोइराला उपचार केन्द्रका एक महिलामा कोरोना पुष्टि भएको थियो ।