प्रकाश सपूतको ‘बदला बरी लै’ ट्रेन्डिङ एकमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    प्रकाश सपूतको ‘बदला बरी लै’ ट्रेन्डिङ एकमा

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०७७, सोमबार

    काठमाडाै । गायक प्रकाश सपूतको निर्देशनमा गत शनिबार सार्वजनिक नयाँ लोकगीत ‘बदला बरी लै’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ। प्रकाशकै शब्द र संगीतमा बनेको ‘बदला बरी लै’ देवी घर्तीले गाउनुभएकाे हाे। भिडिओमा अभिनेत्री केकी अधिकारीको अभिनय छ। देवेन्द्र बब्लु यसका कन्सेप्ट र क्रियटिभ निर्देशक हुनुहुन्छ ।

    बलात्कारजस्तो स‌ंवेदनशील विषयमा बनेको यो गीतको भिडिओ गायिका बन्ने सपना बोकेकी एक महिलाको कथा छ। ‘ठूलाबडा’ भनाउँदाबाट बलात्कृत भई अन्ततः उनी मारिन्छिन्। समाजमा घटिरहेको बलात्कारका घटना र फितलो कानुनमाथि गीतले प्रश्न उठाएको छ। 
     
    नेपाली समाजको न्याय प्रणालीलाई व्यङ्ग्य हान्दै गीतको शब्दले भन्छ- खुलेन कहिल्यै न्यायको ढोका बरी लै, गरिबको छातीले। ठूल्ठूला मान्छेसँग ‘संगत छ’ भन्ने र महिलालाई ‘खेलौना’ देख्ने बलात्कारीहरू समाजमा खुला घुमिरहेका छन्। पीडितले न्याय नपाउने भएपछि उनी मर्दा शान्ति नपाएर ‘भूत’ बनेर आफ्नो बदला लिएको कथा भिडिओमा देखाइएको छ।

    ‘समाजमा बढ्दै गएको बलात्कारको विषयलाई यो भिडिओ मार्फत देखाउन कोशिस गरेका छौं,’ निर्देशक प्रकाश सपूतले भन्नुभएकाे छ । भिडिओमा केकीसहित ध्रुव कोइराला, हिउँवाला गौतम, अर्जुन आचार्य, बद्र कन्वार र सन्ध्या गौतम बरालको अभिनय छ। गायिका देवीलाई कोरसमा स्मृति शाही र सुनितामी परियारले स्वर दिएका छन्। प्रकाशको मार्मिक गीत ‘बोल माया’ जस्तै ‘बदला बरी लै’ को भिडिओ पनि मार्मिक छ।