कर्मचारीमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङ : २६ जनाको रिपोर्ट नेगेटिभ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    कर्मचारीमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङ : २६ जनाको रिपोर्ट नेगेटिभ

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०७७, सोमबार

    तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा आइतबार कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङबाट २६ जनाको पिसीआर परीक्षण गरिएको छ । गाउँपालिकाका उच्च तहका कर्मचारीको सम्पर्कमा रहेका जनप्रतिनिधि, कर्मचारी लगायत गरी ८ महिला र १८ पुरुषको स्वाब सङ्कलन गरी आइतबार पोखरा पठाइएकामा सोमबार प्राप्त रिपोर्ट अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले भन्नुभयो, “कोरोना पुष्टि हुनुभएकाको सम्पर्कमा आउनुभएकाको पहिचान गरी स्वाब पठाएका थियौ, सबैको रिपोर्ट नेगेटिभ आएको छ ।”
    गाउँपालिकाको कोरोना जोखिमका कारण आइतबारदेखि मङ्गलबारसम्म गाउँपालिका र सम्पूर्ण वडा कार्यालयको सेवा बन्द गरेको छ ।