‘ए’ डिभिजन क्लबलाई खेल मैदान उपलब्ध गराउँछु : सिलवाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    ‘ए’ डिभिजन क्लबलाई खेल मैदान उपलब्ध गराउँछु : सिलवाल

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०७७, मंगलवार

    काठमाडौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालले खेल मैदान नभएका ‘ए’ डिभिजन क्लबलाई खेल मैदान उपलब्ध गराउने बताउनुभएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले राखेपमा नियुक्त हुनुभएका पदाधिकारीहरुलाई शुभकामना दिन सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिलवालले खेल मैदान नभएका ‘ए’ डिभिजन क्लबहरुलाई मैदान उपलब्ध गराउने बताउनुभएको हो । एन्फाले सूचना दिए काठमाडौं उपत्यकाभित्र वा नजिकै कुनैपनि ठाउँमा खेल मैदान उपलब्ध गराउने उहॉले बताउनुभयो ।

    फुटबलको विकास कसरी गर्ने भन्ने कुरामा राखेप र एन्फाले संयुक्त रुपमा काम गर्नुपर्नेमा उहॉको जोड थियो । खेलाडीसँग सम्भावना भएको तर म्याच एक्सपोजरको अभाव भएकोले त्यसका लागि राखेपले सघाउने उहॉको भनाइ थियो । आगामी दशैं अगाडि विश्वकप क्वालिफाइ खेल लगायतका ३ वटा महत्वपूर्ण प्रतियोगिता हुने र त्यसमा राम्रो गर्न सके अन्तर्राष्ट्रिय रुपमा नै नेपालको फुटबलको चर्चा हुने उहॉले बताउनुभयो ।

    अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले नेपाली फुटबललाई व्यवसायीक रुपमा विकास गर्दै लैजान सरकारले एन्फालाई आर्थिक सहयोग गर्नुपर्ने बताउनुभयो ।