ब्युटीपार्लर व्यवसायीमा देखियाे काेराेना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    ब्युटीपार्लर व्यवसायीमा देखियाे काेराेना

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०७७, मंगलवार

    गाेरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा एक ब्युटीपार्लर व्यवसायी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोमबार रिपोर्ट आउँदा २४ वर्षीया युवतीमा सङ्क्रमण पुष्टि भएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिनुभयाे ।

    “साउन १५ गते साथीहरुसँग काठमाडौं जाने क्रममा नागढुङ्गामा पीसीआर परीक्षण भएको रहेछ,” उहाँले भन्नुभयाे, “हिजो रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखियो ।” अर्यालका अनुसार साउन १५ गते सङ्क्रमित महिला सहित अन्य तीन जना ट्याक्सी रिजर्भ गरेर काठमाडौं गई सोही दिन गोरखा फर्किएका थिए ।

    सङ्क्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ । “पहिलो चरणमा सङ्क्मितको सम्पर्कमा आएका परिवार र नजिकका साथीहरुको परीक्षण गर्छाै, त्यो भित्र पोजेटिभको सङ्ख्या बढ्यो भने परीक्षणको दायरा अलि फराकिलो बनाएर मानिसको भिड हुने ठाउँहरुलाई स्क्रिनिङ गर्छाै,” अर्यालले भन्नुभयाे ।