प्रकोप कोषमा नेकपाको रु एक लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    प्रकोप कोषमा नेकपाको रु एक लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०७७, मंगलवार

    तनहुँ । तनहुँको भानु नगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भानु नगर कमिटीले रु एक लाख एक हजार एक सय १५ आर्थिक सहयोग गरेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि नगरपालिकाले खडा गरेको कोषमा नेकपाले उक्त रकम सहयोग गरेको हो ।

    नगर कमिटीका अध्यक्ष प्रेम रानाले भानु नगरपालिकाका प्रमुख उदयराज गौलीलाई उक्त रकम मङ्गलबार हस्तान्तरण गर्नुभएको छ । रकम हस्तान्तरण गर्दै थापाले विपद्को सामना गर्नका लागि सबै सरोकारवालाले हातेमालो गर्नुपर्ने बताउनुभयो । रकम ग्रहण गर्दै नगरप्रमुख न्यौपानेले विपद्को अवस्थामा सहयोग गरेकामा नेकपालाई धन्यवाद ज्ञापन गर्नुभयो ।

    नगरपालिकाले खडा गरेको उक्त कोषमा विभिन्न राजनीतिक दल, सङ्घसंस्था लगायतले सहयोग गर्दै आइरहेका छन् । उक्त कोषमा नगरपालिकाले रु ५० लाख विनियोजन गरेको थियो । यस्तै स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको खर्च हुन नसकेको रु ५५ लाख बजेट पनि सोही कोषमा जम्मा गरिएको छ ।