मास्क प्रयाेग नगर्नेलाई प्रहरीकाे कारवाही जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मास्क प्रयाेग नगर्नेलाई प्रहरीकाे कारवाही जारी

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०७७, मंगलवार

    तनहुँ । मास्क प्रयोग नगरी हिँडडुल गर्ने २४ जनालाई प्रहरीले मङ्गलबार जरीवाना गरेको छ । कोभिड–१९ को जोखिम कायमै रहेको र घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न पटक–पटक अनुरोध गरेपनि उक्त अनुरोध अटेरी गर्ने २४ जनालाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।

    मास्क प्रयोग नगरी पैदल हिँड्ने र सवारी चलाउनेलाई कारवाही गरेर प्रति व्यक्ति रु एक सयका दरले जरीवाना गराइएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । प्रहरीले गत बुधबारबाट मास्क प्रयोग नगरी हिँडडुल गर्नेलाई कारवाही गर्न शुरु गरेको छ । यसअवधिमा ३ सय ८० जना कारवाहीमा परेका छन् ।