अमेरिकामा कमजोर बन्दै गएको छ कोरोना : ट्रम्प
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    अमेरिकामा कमजोर बन्दै गएको छ कोरोना : ट्रम्प

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०७७, मंगलवार

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) कमजोर बन्दै गएको बताउनुभएकाे छ । उहाँले पछिल्लो एक सातामा अमेरिकामा कोरोना भाइरसका नयाँ सङ्क्रमितको संख्यामा ६ प्रतिशतको कमी आएको बताउनुभयाे ।

    साथै ट्रम्पले अन्य धेरै मुलुकको तुलनामा अमेरिकाको अवस्था राम्रो रहेको बताउनुभयाे । अमेरिकी समाचार वेबसाइट एक्सिओससँगको अन्तर्वातामा उहाँले सङ्क्रमितको अनुपातमा हुने मृत्युको आधारमा अमेरिकाको अवस्था युरोपको भन्दा राम्रो भएको जानकारी दिनुभयाे ।

    अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५५ हजार नाघेको अवस्थामा राष्ट्रपति ट्रम्पको यस्तो भनाइ आएको हो । अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुने मानिसको संख्या ४७ लाख नाघिसकेको छ ।

    स्रोत : बीबीसी