कोरोना महामारीबीच श्रीलङ्कामा निर्वाचनको तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    कोरोना महामारीबीच श्रीलङ्कामा निर्वाचनको तयारी

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०७७, मंगलवार

    काठमाडौं । श्रीलङ्कामा कोरोना भाइरस (कोभिड–१९) को महामारीको बीचमा बुधबार निर्वाचनको तयारी गरिएको छ । यो निर्वाचनको लागि सरकारले विशेष व्यवस्था पनि गरेको छ ।

    बुधबार श्रीलङ्कामा २२५ संसदीय संसदको निर्वाचनको लागि सात हजार ४५० भन्दा धेरै उम्मेदवार मैदानमा छन् । यो निर्वाचनमा करिब एक करोड ६२ लाख मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नेछन् ।

    करिब चार सय मतदाताले कोरोना भाइरसको सङ्क्रमणको कारण यो निर्वाचनमा भाग लिन सक्ने छैनन् । यद्यपि धेरैभन्दा धेरै मानिसले आफ्नो मताधिकारको प्रयोग गर्न सकून् भनेर व्यवस्था गरिएको छ ।

    अस्पतालमा वा कोभिड सेन्टरमा १४ दिन क्वारेन्टिन पिरियड पूरा गरेका र अहिले होम क्वारेन्टिनमा बसेका मानिसहरुको लागि फरक मतदान स्थलको व्यवस्था गरिएको छ । निवार्चन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले निर्वाचनको कारण कोरोना भाइरसको संक्रमण नबढ्ने बताएका छन् ।

    स्रोत : बीबीसी