पर्सामा कोरोनाबाट युवतीको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश २

    पर्सामा कोरोनाबाट युवतीको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७७, बुधबार

    वीरगञ्ज । पर्सामा गत सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

    उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मेडिकल कलेजमा स्वाब सङ्कलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मङ्गलबार राति उनको रिपोर्ट पोजेटिभ आएको छ ।

    ती युवतीको घर पोखरिया–८ जगतपुर हो । तर उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् ।कोरोना संक्रमणबाट पर्सामा १३ जनाको मृत्यु भइसकेको छ ।