देवघाट समाज कल्याणलाई रु एक लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाट समाज कल्याणलाई रु एक लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७७, शनिबार

    तनहुँ । चितवन समाज जापान कान्साई क्षेत्रीय समितिले तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) लाई रु एक लाख एक हजार एक सय ११ सहयोग गरेको छ ।

    देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित वृद्धाश्रममा अक्षयकोष स्थापनाका लागि समाजले उक्त रकम सहयोग गरेको हो । उक्त रकम प्रदान गरे बापत समाजलाई वृद्धाश्रमको आजीवन सदस्यता प्रदान गरिएको छ ।

    Image may contain: 5 people, including Shiva Raj Poudel and धिरन घिमिरे, people sitting and food

    कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष एवं वृद्धाश्रमका संरक्षक शिवराज पौडेल, समितिका कार्यकारी निर्देशक एवं वृद्धाश्रमका अध्यक्ष धिरणबाबु घिमिरे लगायतले सहयोगप्रति आभार व्यक्त गर्नुभयो । वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुले भोजन गराउनुका साथै सहयोग गर्दै आइरहेका छन् ।