मलामी सङ्ख्या कम गराउन आग्रह, भदाै ७ गतेसम्म हाेटल व्यवसाय बन्द गराइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    मलामी सङ्ख्या कम गराउन आग्रह, भदाै ७ गतेसम्म हाेटल व्यवसाय बन्द गराइने

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०७७, आईतवार

    तनहुँ । कोरोनाको जोखिम बढ्दै गइरहेकाले देवघाटमा मलामी आउँदा सङ्ख्या कम गर्न आग्रह गरिएको छ । तनहुँको देवघाट क्षेत्र विकास समितिको आयोजनामा आइतबार सम्पन्न सर्वपक्षीय बैठकले कोरोना भाइरस सङ्क्रमणबाट बच्न र बचाउनका लागि २० देखि २५ जनासम्म मात्रै मलामी आउन आग्रह गरिएको हो ।

    समितिका अध्यक्ष शिवराज पौडेलले मलामी आउँदा घुमफिर नगरी नुहाई धुवाई गरी चोखो शुद्ध भएर घर फर्कन आग्रह गरिएको जानकारी दिनुभयो । “चितवन नारायणगढको सेरोफेरोमा कोरोना सङ्क्रमित फेला परेसँगै आसपासका क्षेत्रमा सतर्कता अपनाउन जरुरी छ,” पौडेलले भन्नुभयो ।

    देवघाट क्षेत्रमा खासगरी तनहुँ र चितवन तर्फका होटल व्यवसायहरु भदौ ७ गतेसम्मका लागि बन्द गर्न, अत्यावश्यक वस्तु तथा सेवा उपलब्ध गराउने पसलहरु बिहान ७ बजेदेखि १० बजेसम्म र अपरान्ह ४ बजदेखि ७ बजेसम्म निश्चित सुरक्षा मापदण्ड अपनाएर मात्र खुला गर्न आग्रह गरिएको पौडेलले जानकारी दिनुभयो ।

    यस वर्षको बोलबम मेला स्थगित गरिएकाले उक्त मेलामा सहभागी नबन्न आग्रह गरिएको छ । साथै सार्वजनिक यातायातका साधन देवघाट–आँपटारी–नारायणगढ आवतजावत भदौ ७ गतेसम्म बन्द गर्न आग्रह गरिएको छ ।