विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड नाघ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड नाघ्यो

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०७७, मंगलवार

    काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या २ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वमा सङ्क्रमितको सङ्ख्या २ करोड १ हजार १९ पुगेको छ ।

    यस्तै विश्वमा कोरोना सङ्क्रमणबाट ७ लाख ३३ हजार ८ सय ९७ जनाको मृत्यु भएको छ । हालसम्म विश्वभर १ करोड २२ लाख ९ हजार ७४ जना निको भइसकेका छन्। सबैभन्दा बढी प्रभावित अमेरिकामा सङ्क्रमितको सङ्ख्या ५० लाख ८५ हजार ८ सय २१ पुगेको छ । त्यहाँ १ लाख ६३ हजार ३ सय ७० को संक्रमणबाट मृत्यु भइसकेको छ।

    त्यस्तै, ब्राजिलमा संक्रमितको संख्या ३० लाख ५७ हजार ४ सय ७० पुगेको छ भने संक्रमणबाट १ लाख १ हजार ७ सय ५२ को मृत्यु भएको छ । यता भारतमा संक्रमितको संख्या २२ लाख १५ हजार ७४ पुगेको छ भने संक्रमणबाट ४४ हजार ३ सय ८६ को मृत्यु भएको छ । रुसमा संक्रमित संख्या ८ लाख ९० हजार ७ सय ९९ पुगेको छ त्यहाँ १४ हजार ९ सय ७३ को संक्रमणबाट मृत्यु भइसकेको छ ।