कोरोना संक्रमित महिलाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश १

    कोरोना संक्रमित महिलाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०७७, आईतवार

    विराटनगर । विराटनगररकी कोरोना संक्रमित एक महिलाको धरानमा मृत्यु भएको छ । शनिबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा विराटनगर- २ तिनपैनीकी ५० वर्षीय महिलाको मृत्यु भएका हो ।

    उनलाई श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि विराटनगरको न्यूरो अस्पतालले शनिबार राति धरान रेफर गरेको थियो । उनको राति करिब १२ : ३० मा मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकार दिनुभयाे ।

    फोक्सो, मुटुु र थाइरोइडको समस्या रहेकी महिलाको दिल्लीमा मुटुको उपचार पनि भएको थियो । पछिल्लो ४-५ दिनदेखि अत्यधिक ज्वरो आउने, खोकी लाग्ने तथा श्वास फेर्न समस्या भएपछि आफन्तले अस्पताल लगेका थिए ।

    यससँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।