पत्रकार गुरुङलाई ‘लोकबहादुर गुरुङ स्मृति’ पुरस्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पत्रकार गुरुङलाई ‘लोकबहादुर गुरुङ स्मृति’ पुरस्कार

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०७७, सोमबार

    पोखरा । ‘लोकबहादुर गुरुङ स्मृति पुरस्कार’ नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष तथा कान्तिपुर दैनिकका लमजुङ संवाददाता आश गुरुङलाई प्रदान गरिने भएको छ । लोकबहादुर गुरुङ स्प्रम तिष्ठानका सचिव रोशनी गुरुङ संयोजक तथा प्रतिष्ठानका अध्यक्ष पदेन सदस्य एवं अग्रज पत्रकार गणेशमान गुरुङ सदस्य रहेको प्रतिभा छनौट समितिको बैठकले गुरुङलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।

    प्रतिष्ठानका अध्यक्ष तथा मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) का अनुसार वरिष्ठ संस्कृतिकर्मी, गीतकार तथा चलचित्र निर्देशक स्व. लोकबहादुर गुरुङको स्मृतिमा स्थापित प्रतिष्ठानले हरेक वर्ष भदौ १९ गते उहाँको स्मृति दिवसको अवसर पारेर एक जना व्यक्ति वा स्रष्टालाई सम्मान गर्दै आएको छ ।

    यसवर्ष भदौ १९ गते स्व. गुरुङको छैठौ स्मृति दिवसको सन्दर्भ पारेर पत्रकार गुरुङलाई नगद रु ३५ हजार सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिने आयोजकले जनाएको छ । लमजुङको क्होंलासोंथर गाउँपालिका वडा नं ४ भुजुङमा बाबा मंगले गुरुङ र आमा आइतकुमारी गुरुङको कोखबाट जन्मिनुभएका पत्रकार आश गुरुङले वि.सं. २०५९ सालबाट पत्रकारिता शुरुवात गर्नुभएको थियो ।

    पछिल्लो समय उहाँ गुरुङ गीत लेखनमा पनि क्रियाशील हुनुहुन्छ । उहाँद्धारा रचना गरिएको गुरुङ गीतहरु ए ङोल्स्यो ए ङोल्स्यो, गलबन्दी चैस्यो ङोल्स्यो लगायतको गीत गुरुङ गीत संगीतकै इतिहासमा सार्वधिक चर्चित गीतको सूचीमा पर्न सफल भएका छन् ।