दमौली खानेपानीको महशुल काउण्टर बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दमौली खानेपानीको महशुल काउण्टर बन्द

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०७७, सोमबार

    तनहुँ । दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सोमबारदेखि एक हप्ताका लागि महशुल काउण्टर बन्द गरेको छ । सोमबारदेखि व्यास नगरपालिकामा एक साताका लागि निषेधाज्ञा जारी भएकाले उपभोक्ता संस्थाले भदौ ७ गतेसम्म सम्पूर्ण प्रशासनिक र महशुल काउण्टर बन्द गर्ने निर्णय गरेको हो ।

    संस्थाका सचिव माधवप्रसाद अधिकारीले खानेपानी वितरण र अत्यावश्यक मर्मतका सेवा भने नियमित सञ्चालन हुने जानकारी दिनुभयो । यसअवधिमा अनलाइन माध्यमबाट इसेवा तथा आइएमई पे बाट भने महशुल भुक्तानी कार्य यथावत रुपमा सञ्चालन भइरहेको अधिकारीले जानकारी दिनुभयो ।