व्यासका १ सय २ मध्ये ९५ को रिपोर्ट नेगेटिभ, ७ को रिपोर्ट आउन बाँकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासका १ सय २ मध्ये ९५ को रिपोर्ट नेगेटिभ, ७ को रिपोर्ट आउन बाँकी

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७७, सोमबार

    तनहुँ । तनहुँको व्यास नगरपालिकाका विभिन्न ठाउँबाट शनिबार सङ्कलन गरिएको १ सय २ को स्वाबमध्ये ९५ को रिपोर्ट नेगेटिभ आएको छ । व्यास नगरपालिका–१ मा एकै परिवारका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले जिल्ला प्रहरी कार्यालय, बालमन्दिर र भादगाउँ तीन ठाउँमा गरेर १ सय २ जनाको स्वाब सङ्कलन गरेको थियो ।

    तीमध्ये ७ जनाको रिपोर्ट भने आउन बाँकी रहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सोतीले जानकारी दिनुभयो । “प्रदेशबाट आएको रिपोर्ट रुजु गरेर हेर्दैछौ,” सोतीले भन्नुभयो ।

    व्यास नगरपालिकाले जिल्ला प्रहरी कार्यालयका २७ जना प्रहरी, व्यास नगरपालिका–१ की ६९ वर्षीया वृद्धामा पोखरामा परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उहाँको सम्पर्कमा आएका एपोलो अस्पतालका एक चिकित्सक र दुई स्वास्थ्यकर्मी, व्यास नगरपालिका–१२ का एक कर्मचारीमा कोरोना पुष्टि भएपछि उहाँहरुको परिवार र होम क्वारेन्टिनमा बसेका व्यक्तिहरुको स्वाब सङ्कलन गरेको थियो ।

    यसैबीच नेशनल एपोलो अस्पतालका सञ्चालक चुडामणि दाहालले अस्पतालका एक चिकित्सक र दुई स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।