भानुमा एकैदिन १ सय २७ को स्वाब सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुमा एकैदिन १ सय २७ को स्वाब सङ्कलन

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०७७, सोमबार

    तनहुँ । तनहुँको भानु नगरपालिकाका २४ जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि सोमबार एकैदिन १ सय २७ जनाको स्वाब सङ्कलन गरिएको छ । कोरोना सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी नगरपालिकाले उनीहरुको स्वाब सङ्कलन गरेको हो ।

    नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले भानु नगरपालिका–२, ३, ४, ५ र ८ का व्यक्तिहरुको स्वाब सङ्कलन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्वाब सङ्कलनका लागि पाँच जना स्वास्थ्यकर्मी खटिएका थिए । सोमबार अबेरसम्म उनीहरुको स्वाब सङ्कलन गरिएको थियो । “भानुमा एकैचोटि ठूलो सङ्ख्यामा समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि सम्पर्कमा आएकाहरुको पहिचान गरी स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाएका छौ,” उहाँले भन्नुभयो ।

    भानु नगरपालिका–१ का ३४ वर्षीय एक व्यक्तिमा गत सोमबार कोरोना पुष्टि भएको थियो । त्यसलगत्तै नगरपालिकाले १ सय २२ जनाको स्वाब सङ्कलन गरी परीक्षण गराएकामा २२ जनालाई सङ्क्रमण पुष्टि भयो । भानु नगरपालिकाकै एक जनाको बन्दीपुर गाउँपालिकाको समन्वयमा गरिएको परीक्षणमा थप एक जनालाई कोरोना पुष्टि भएको थियो । भानु नगरपालिकाका जनप्रतिनिधि, इन्जिनियर लगायत कोरोनाबाट सङ्क्रमित छन् ।