देवघाटमा थपिए एक सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटमा थपिए एक सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०७७, बुधबार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिकामा एक कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार देवघाट गाउँपालिका–५ का २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले ४३ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा एक जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । “४३ जनाको स्वाब पठाएकामा एक जनामा पोजिटिभ देखियो, बाँकीको हकमा के भएको छ, रिपोर्ट मागेका छौ, रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ,” उहाँले भन्नुभयो ।

    देवघाट गाउँपालिका–५ का दुई समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिकाले कन्ट्याक्ट ट्रेसिङका आधारमा केही दिन पहिला ३८ जनाको स्वाब भरतपुरमा परीक्षण गरेको थियो । ती सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ ।