२४ घण्टामा विश्वमा ६ हजार ६५९ कोरोना संक्रमितको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    २४ घण्टामा विश्वमा ६ हजार ६५९ कोरोना संक्रमितको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०७७, शनिबार

    एजेन्सी : पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ६५९ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा धेरै हो ।  

    अघिल्लो २४ घण्टामा ५ हजार ५५४ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

    विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ८९ हजार १९७ जनाको ज्यान गइसकेको छ । 

    संक्रमितको संख्या २ करोड २५ लाख ३६ हजार २७८ पुगेको छ ।