‘कौन बनेगा करोडपति १२’ सेप्‍टेम्बरदेखि छायांकनमा जाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    ‘कौन बनेगा करोडपति १२’ सेप्‍टेम्बरदेखि छायांकनमा जाने

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, शुक्रबार

    एजेन्सी : ‘कौन बनेगा करोडपति १२’ चाँडै नै प्रसारणमा आउने तयारीमा जुटेको छ । जसका लागि निर्माण टिम यही सेप्टेम्बरदेखि छायांकनमा जाने तयारीमा जुटेका छन् ।

    सोनी च्यानलले बिहीबार यसबारे जानकारी दिँदै भनेको छ, “होस्ट अमिताभ बच्चन र प्रतियोगीहरुसँग श्रृङ्खलाहरु छायांकन यहि सेप्टेम्बर ७ देखि सुरु हुँदै छ ।” यसैक्रममा च्यानलले नयाँ सेटको पोस्टर पनि सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण ‘केबीसी १२’ को सेट पुनः एकपटक फिल्मसिटी मुम्बईमा निर्माण गरिएको हो । अहिले सुरक्षाको प्रोटोकलअनुरुप सेट निर्माणको अन्तिम तयारी गरिँदै छ ।

    यो १२औं श्रृङ्खलामा दर्शकविनै कार्यक्रम छायांकन गरिनेछ । तर प्रतियोगीहरुले आफ्नो परिवार भने ल्याउन पाउनेछन् । अहिले (फास्टेस्ट फिङगर राउन्ड) बाट छानिएका प्रतियोगीहरुलाई होटेल क्‍वारेन्टिनमा राखिएको छ । त्याँहाबाट बल्ल उनीहरुलाई छायांकन सेटमा लगिनेछ ।