तनहुँ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तनहुँकी एक महिलालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी नगरपालिका–६ की ३० वर्षीया महिलालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
प्रतिष्ठानमा उपचाररत महिलाको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । साथै पोखरा महानगरपालिका–१७ का ६१ वर्षीय पुरुषलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँले सोही प्रतिष्ठानमा आफैले पैसा तिरेर कोरोना परीक्षण गर्नुभएको थियो ।
बिहीबारमात्रै तनहुँको भीमाद नगरपालिकाका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।