पोखरामा कोरोना सङ्क्रमण पुष्टि भएकी महिला खैरेनीटारकी फलफूल व्यवसायी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    पोखरामा कोरोना सङ्क्रमण पुष्टि भएकी महिला खैरेनीटारकी फलफूल व्यवसायी

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०७७, बिहीबार

    तनहुँ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा कोरोना पुष्टि भएकी तनहुँको शुक्लागण्डकी नगरपालिका–६ की महिला फलफूल व्यवसायी भएको खुलेको छ । ज्वरो आएर पोखरा पुग्नुभएकी ३० वर्षीया महिलाले खैरेनीटारस्थित सटरलाइनमा फलफूल व्यवसाय गर्ने खुलेको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो ।

    स्थानीय एक मेडिकलमा परीक्षण गर्दा पनि ज्वरो नघटेपछि उहाँ पोखरा पुग्नुभएको थियो । हाल उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै उपचार भइरहेको छ । उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको तयारी भइरहेको कुमालले जानकारी दिनुभयो । “सटरलाइनका केही पसल बन्द गरेर कन्ट्याक्ट ट्रेसिङको कामलाई अगाडी बढाउने तयारी गरेका छौ,” उहाँले भन्नुभयो ।